समाचार

विद्यार्थी स्वयंसेवक नेपालले घाेषणा गर्याे संघर्ष, यस्ता छन् कार्यक्रमहरु

नवलपुर टुडे
२०८२ मंसिर २५ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालले संघर्षका कार्यक्रमहरु घाेषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै उक्त स्वयंसेवकका केन्द्रीय संयाेजक मनुले यस्तो कार्यक्रम घाेषणा गरेका हुन् । उनलेे जारी गरेको विज्ञप्तिकाे कार्यक्रममा १) राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई पुर्ण रूपमा प्राप्ति गर्नका लागि संघर्ष गर्नेछौं ।, २) नैसर्गिक, मौलिक र संवैधानिक अधिकारहरू शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सुचना सम्प्रेषण, खेलकुद र मनोरन्जनहरू निशुल्क रुपमा प्राप्ति गर्न संघर्ष गर्नेछौं ।, ३ ) विश्वविद्यालय देखि विद्यालय सम्म हाम्रो प्राज्ञिक एवम् प्रशासनिक अधिकारको सुनिश्चित गर्न संघर्ष गर्नेछौं ।, ४) विद्यालय देखि विश्वविद्यालय सम्म गरिने चरम शोषण, जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय छुवाछूत, उत्पिडन, विभेद, हिंसा, बलत्कार र यातनाहरूको विरुद्धमा न्याय प्राप्तिको संघर्ष गर्नेछौं ।, ५) विद्यालय देखि विश्व विद्यालय एवम् राज्यको प्रत्येक प्रशासनिक निकायहरूमा निशुल्क र सर्वसुलभ सेवाहरू प्राप्तिका लागि संघर्ष गर्नेछौं ।

माथि हामीले घोषणा गरेको पाँच वटा अधिकार प्राप्तिको संघर्षलाई निस्वार्थ भावनाले प्रेरित निरन्तर संघर्षमा लाग्ने समेत घोषणा गर्दछौं । भनिएको छ । उनलेे जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :

`सार्वजनिक घोषणा गर्दछौ !
आदणीय विद्यार्थी साथीहरू !                                                                                                                                                                    हामी माथि भएका सम्पूर्ण अन्यायहरूका विरुद्धमा लड्‌दै हाम्रो नैसर्गिक एवम् मौलिक र संवैधानिक अधिकारहरू (निशुल्क रूपमा शिक्षा, स्वास्थ्य, आवास, सुचना, विचार सम्प्रेषण एवम् संवाद, रोजगार, खेलकुद, मनोरन्जन) को पुर्ण ग्यारेन्टीका लागि विद्यार्थी स्वयंसेवक नेपाल जन्मिएको हो। यति मात्रै नभएर राष्ट्रियता, जनतन्त्र र जनजिविकाको प्राप्तिका खातिर हामी अग्रपंक्तिमा उभिएका छौं। विश्वविद्यालय देखि विद्यालय सम्मको हाम्रो प्राज्ञिक, प्रशासनिक र शैक्षिक अधिकार सुनिश्चित गर्नु हाम्रो दोस्रो दायित्व हो। पछिल्लो समय हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई दलालहरूले कब्जा गरि समाप्त पार्ने कुचेष्टा गरिरहेका छन् । जसले गर्दा नेपाली कला, संस्कृति, सम्पदा, बलिदान, त्यगर र समर्पणहरु माथि निरन्तर प्रहार गरि समाप्त पार्न खोजि रहेका छन् ।

त्यति मात्रै होईन् राज्यको सबैभन्दा संवेदनशील बस्तु शिक्षा र स्वास्थ्यमा चरम व्यापार गरिएको छ । विद्यार्थी, अभिभावक र आम नागरिकहरु माथि चरम लुटपाट मच्चाईएको छ । बेरोजगारी सिर्जना गरि नवप्रतिभाका हाम्रा युवा-विद्यार्थी साथीहरूलाई विदेशीन बाध्य पारिएको छ। राज्यको प्रत्येक अंगहरूमा नागरिकको पहुँचबाट बन्चित गरि चरम भ्रष्टाचार गरिएको छ र राज्यको सेवासुलभहरू महङ्गो बनाईएको छ। यो त विगतका शाषकहरूले गरेकै थिए भने वर्तमानमा परिस्थितिमा पनि आम नागरिकको लागि राज्य अभिभावक बिहिन भएको छ । राज्यको विभिन्न तहहरूमा चरम अराजकता र हमला भईरहेको छ । विदेशीको सेवा गर्ने कुतत्वहरू कर्मचारी प्रशासन, शैक्षिक माफिया, राष्ट्रघाति, जनघाति र भ्रष्टाचारी दलालहरूले देशका सारा श्रीसम्पत्ति बेचेका छन्, लुटेका छन् र कमिसनमा बिलो लगाएर खाई रहेका छन् । जसले गर्दा हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविका यतिबेला अत्यन्तै कठिन मोडमा उभिएको छ। राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा बिना हाम्रा नैसर्गिक, मौलिक र संवैधानिक अधिकारहरु शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सुचना सम्प्रेषण, खेलकुद र मनोरन्जनहरू निशुल्क रुपमा प्राप्त हुन सक्दैन् । त्यसैले यस्तो परिस्थितिमा हाम्रा अधिकारहरू सुनिश्चित गर्न निम्न कार्यहरूमा तल्लीन हुने सार्वजनिक घोषणा गर्दछौं।

१) राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई पुर्ण रूपमा प्राप्ति गर्नका लागि संघर्ष गर्नेछौं ।
२) नैसर्गिक, मौलिक र संवैधानिक अधिकारहरू शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सुचना सम्प्रेषण, खेलकुद र मनोरन्जनहरू निशुल्क रुपमा प्राप्ति गर्न संघर्ष गर्नेछौं ।
३ ) विश्वविद्यालय देखि विद्यालय सम्म हाम्रो प्राज्ञिक एवम् प्रशासनिक अधिकारको सुनिश्चित गर्न संघर्ष गर्नेछौं ।
४) विद्यालय देखि विश्वविद्यालय सम्म गरिने चरम शोषण, जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय छुवाछूत, उत्पिडन, विभेद, हिंसा, बलत्कार र यातनाहरूको विरुद्धमा न्याय प्राप्तिको संघर्ष गर्नेछौं ।
५) विद्यालय देखि विश्व विद्यालय एवम् राज्यको प्रत्येक प्रशासनिक निकायहरूमा निशुल्क र सर्वसुलभ सेवाहरू प्राप्तिका लागि संघर्ष गर्नेछौं ।

माथि हामीले घोषणा गरेको पाँच वटा अधिकार प्राप्तिको संघर्षलाई निस्वार्थ भावनाले प्रेरित निरन्तर संघर्षमा लाग्ने समेत घोषणा गर्दछौं ।

मिति २०८२ मंसिर २५ गते
मनु शर्मा
संयोजक´

कमेन्टहरु