आज हुन लागेको शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित हुन आह्वान


काठमाडौं । अन्तरराष्ट्रिय मानव अधिकार दिवस पारेर भूमि अधिकार संरक्षण समितिको आयोजनामा आज हुन लागेको शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित हुन न्यायप्रेमी जनसमुदायमा आह्वान गरेको छ ।
तत्काल घर नभत्काउनु भन्ने सर्वोच्च अदालतको आदेशको अवहेलना गर्दै अन्याय पुर्ण तरिकाले हेटौडा बजारकाका स्थानिय बासिन्दाहरूको ५०० बढी घरहरु प्रहरी परिचालन गरि डोजर आतंक मच्चाउँदै भत्काएको विरुद्ध तथा गैरन्यायिक सडक बिस्तारको बिरोधमा हुन लागेको बिरोध प्रदर्शनीमा उपस्थिति जनाउन तथा काठमाडौबाट हेटौंडा गैरहेका अभियानकर्मी भैरब ग्रुपका संयोजक दिभेस शाक्य अहिलेसम्म हिरासत मै राखेकोमा निशर्त र सम्मानजनक रिहाईको माग राखेको छ ।
प्राप्त जानकारी आए अनुसार बजार क्षेत्रमा ५३१ सहित १७०० बढी घरहरु सो सडक बिस्तार बाट प्रभावित हुनेछन् । गत शनिबारको दिन बिहानै घर भत्काएको पीडा र त्यसपछि भएको बिरोध प्रदर्शनको कारण स्थानीयबासिमा सिर्जित डर त्रासको कारण स्थानिय रामलाल राजथलाको हर्ट अट्याकले दिवंगत समेत भएको छ भने हेटौंडाको चिसो मौसममा घरबासबिहिन भएको पिडामा कयौं परिवार बिरामी अवस्थामा पुगेका छन् ।
यस अघि सम्मानित सर्वोच्च अदालतबाट आदेश भएअनुसार कुनैपनी प्रायोजनको लागि जनताको घरबास भत्काउन अघि आवश्यक कानुनी प्रक्रिया पुर्याई अधिग्रहण गर्ने र मुवाब्जा( क्षतिपुर्तिको ब्यबस्था नगरी कसैको पनि घरबास नभत्काउने आदेश थियो ।
मुअब्जा क्षतिपुर्तिको ब्यबस्थापनको सर्वोच्चको आदेश लत्याउनु साथसाथै अहिले तत्काल घर नभत्काउनु भन्ने अल्पकालीन अन्तरिम आदेश समेतको उलंघन गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारीको ठाडो आदेशमा बजार क्षेत्रका घरहरु भत्काईएका थिए ।






















