राजनीति

काँग्रेस नेता चन्द्र भण्डारी १५औँ महाधिवेशनमा सभापति पदका लागि दाबेदारी

नवलपुर टुडे
२०८२ मंसिर २४ | बिहान १०:०८ बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नो आकांक्षा स्पष्ट रहेको सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता भण्डारीले सभापति पदमा आफ्नो दृष्टिकोण पनि निर्धारित भइसकेको जनाएका छन्।

यद्यपि, उनले पार्टी, देश र जनताको हितलाई केन्द्रमा राखेर आवश्यकताअनुसार अघि बढ्न आफू तयार रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित !” उनले देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार रहेको बताएका छन्।

नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

कमेन्टहरु