उदयपुरको बेलाका नगरपालिकाले ६० लाख खर्चेर बनायो सुँगुरको मूर्ति


जितेश मण्डल
श्रावण २२ / उदयपुर: २०७४ मा स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषता अनुसार विभिन्न कुराका मूर्ति ठड्याइएका छन्। कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ क’रूवाका मूर्ति ठड्याइएका छन्।
हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ। नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ।
‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो। दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले भने,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं। ’ सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको उनले बताए। अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन्।
‘अहिलेचाहिँ मूर्तिको मात्र काम भइरहेको छ। पार्कका लागि थप २० लाख बजेट छुट्याइएको छ। त्यसको ठेक्काको काम बाँकी छ,’ मेयर थापाले भने। वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले मेयर थापाकै अवधारणअनुसार सुंगुरको मू’र्ति बनाइएको हो।






















