देश

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा

रासस
२०८२ मंसिर २३ | मध्यान्ह ०५:०८ बजे

काठमाडौँ, मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ ।आज यहाँ राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताउनुभयो । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उहाँको माग छ ।

 

उहाँले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराउनुभयो ।पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।”

कमेन्टहरु