मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
कुवाडी र बिच्छ्यामा टेलीफोन टावर सहित फ्रोजी सेवा जडान


बाजुरा , मंसिर २२ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको कुवाडी र बिच्छ्यामा टेलिफोन टावर सहित फ्रोजी सेवा जडानकार्य गरिएको छ । हिमाली गाउँपालिका – ५ को कुवाडी र वडा न.१ को बिच्छ्या फ्रोजी सेवा जडान कार्य भैरहेको छ । कुवाडी बजार डाडामा फ्रोजी सेवा विस्तार जडान कार्य चलिरहेको छ । केही सामान अपुग हुँदा आधा काम गर्न बाकी रहेकोे छ । सबै सामान आउने बित्तिकै जडान गर्ने कार्य सम्पन्न हुँदा साथ सञ्चालन ल्याउने तयारी रहेकोे हिमाली गाउँपालिका -५ का वडा अध्यक्ष प्रदीप थापाले बताउनुभयो ।
अहिलेसम्म कुवडी बजारमा टेलिफोनमा कुरा पनि धौधौ भएको छ । फोन सम्पर्क गर्नका लागि घरको अगाडि मोबाईल झुन्डिएर फोन गर्ने थियोे । अब फ्रोजी ईन्टरनेट जडान गरिसकेपछि कुवाडी स्थानीय तथा बजार वासीलाई सहज हुनेभएको अध्यक्ष थापाले बताउनुभयो । अहिले केही सामान अपुग हुँदा फ्रोजी जडान गर्ने कर्मचारी बिच्छ्यामा फ्रोजी जडान गर्न लागिएको ठाउँमा गहिरहेका बताए ।
अहिले बाजुरा जिल्लाकै दुर्गम ठाउँमा बिच्छ्या टेलिफोन टावर सहित फ्रोजी सेवा जडान कार्य भैरहेको छ । अहिले स्थलगत रूपमा फ्रोजी टावर जडान गर्नका लागि काम धमाधम भैरहेको छ । हिमाली गाउँपालिकाको विशेष पहलमा दुर्गम बिच्छ्या र कुवाडीमा टेलिफोन टावर सहित फ्रोजी जडान कार्य सुरु हुन लागिएको छ । दुर्गम ठाउँमा टेलीफोन सहित फ्रोजी टावरको काम सुरु हुँदा यहाँका अधिकासं मान्छेहरु खुशी भएका छन ।
पहिला टेलिफोन टावर नहुदा आफ्ना आफन्त संग कुराकानी गर्न अग्ला डाडा काडा चडेर फोन गर्नुपर्ने अवस्था थियोे । वर्षौंदेखि टेलिफोन तथा ईन्टरनेट पहुँचमा टाढा रहेकोे ठाउँमा अहिले त्यसको समाधान हुनेभएको छ । अब टेलिफोन सगै फ्रोजी जडान कार्य हुँदा घरको दैलो बाट फोनमा कुराकानी मात्र नभई ईन्टरनेट चलाउन पाउने भएको हिमाली गाउँपालिका -१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताउनुभयो ।























