देश

माधव समुहका युवा संगठनले ‘महिनामा २ दिन, २ घण्टा मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्नेमाधव समुहका युवा संगठनले ‘महिनामा २ दिन, २ घण्टा मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०४:०४ बजे

काठमाडौ । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय युवा संगठन नेपालले ‘महिनामा २ दिन– २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ ।
photo 2021 08 06 16 00 13
बिहीबार बसेको संगठनको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यो अभियान प्रत्येक महिनाको २ वटा शनिबार २–२ घण्टा देशभर निरन्तर सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

photo 2021 08 06 16 00 14

अभियान साउन २३ गते शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट सुरु हुने र साउनको अन्तिम हप्ता त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा हुने जनाइएको छ ।

photo 2021 08 06 16 00 15

वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपालमा बसोबास गर्ने र खोप लगाउन योग्य सबै समुदायहरूलाई छिटोभन्दा छिटो, सहज र सर्वसुलभ रुपमा खोपको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ ।

बैठकले यीसहित अन्य ९ वटा निर्णय गरेको छ ।

कमेन्टहरु