सशस्त्र प्रहरी निरीक्षक भुजेलको तस्करीको लाईन मोह , भुजेलको कारणले सबैठवा नाका गन्हायो


वीरगंज । सिमानाकाका मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले जिम्मेवारीवाट पंछिएको कारणले गर्दा सबैठवा नाकावाट व्यापकरुपमा भैसीको तस्करी भईरहेको छ ।
सशस्त्र प्रहरी बल सबैठव बिअोपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलको मिलोमतोमा बडका गाउँ, खेस्राहा नाका भई भारतवाट नेपाल भित्राईका गाई, भैसीहरु लहावरथकरी गाँउको बाटो प्रयोग गरि पोखरीया, डकैला बहुअरी, जगरनाथपुर हुँदै परवानीपुर बजारसम्म पुर्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
सशस्त्र प्रहरीले प्रत्येक गोटा भैसीको ५०० देखि १००० रुपैया सम्नको दरले रकम असुली गरि दिन्हु १०० को सख्यामा सो नाकावाट नेपाल भित्राईरहेको नाम नछाप्ने सर्तमा एक सशस्त्र प्रहरीको सिपाहीले बताएका छन्।।
स्रोतकोले जनाएको अनुसार सशस्त्र प्रहरी निरीक्षक भुजेलले अाफ्नो माथिल्लो हाकिमहरुको नाऊमा भैसी व्यापारीहरु शीत लाखौं रुपैया असुली गरि तस्करीको लाईन दिएको एक तस्करले बताएका छन्।
विगत केही दिन पहिला सबैठवा नाका भई नेपाल भित्रईका १४ वटा भेसी मध्ये १० वटा भैसी अमरपर्टी र ४ वटा भैसी सशस्त्र प्रहरी बल बिअोपीले पक्राउ गरेको थियो यसले प्रमाणित हुन्छकी सबैठवा नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ ।
श्रावण १८ गते रातिमा सबैठवा नाका भई पोखरीया अाएको भैसी सशस्त्र प्रहरी बेश क्यामप पोखरीयाले ४ वटा पसमातेपछि यसले प्रमाणित हुन्छ कि ग्रामीण भेगका नाकाहरुवाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख एवम डिअाईजी चन्द्रप्रकाशले अाफु ईमन्दार भएको दाबी गरेपनि उनको मातहत रहेका सशस्त्र प्रहरी बल बिअोपी सबैठवाका प्रमुख एवम प्रहरी निरीक्षक भुजेलले तस्करहरु संग मोटो रकम असुली गरि तस्करीको लाईन दिएपनी केही कार्यबाही नगरेको हुनाले उनी माथि माथि पनि शंकाको बिषय बनेको छ।






















