खेलकुद

प्रथम सहिद लखन थापा मगर स्मृति दोस्रो भलिवल प्रतियोगिताको उपाधि स्याङ्जा स्पोर्टस क्लवलाई

नवलपुर टुडे
२०८२ मंसिर १९ | बिहान ०७:०८ बजे

मनु गुरुङ
बुटवल । वुटवल उपमहानगरपालिका- ७ नेपाल मगर युवा संघ वडा ईकाई समिति रूपन्देहीद्वारा आयोजना गरिएको प्रथम सहिद लखन थापा मगर स्मृति दोस्रो भलिवल प्रतियोगिता कुमार रानाको अध्यक्षतामा सम्पन्न गरेको छ । खेलमा प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष पदमराज गाहाज्युले खेलले मानिसलाई अनुसासित बनाउनुका साथै एक आपसमा भाइचाराको सम्बन्ध बढाउनु र शरीर स्वस्थय पनि रहने बताए । सो कार्यक्रममा शुभकामना मन्तव्य बोनीन पियाले गरेका थिए

विहिवार भएको फाइनल खेल मणिमुकुन्द र स्याङ्जा विच भएको खेलमा स्याङ्जा स्पोर्टस क्लव प्रथम भई नगद रु ५० हजार, कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे । दोस्रोमा मणिमुकुन्दले रु ३० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरी न्यू होराइजन तेस्रो भइ रु २० हजार, कप मेडल प्राप्त गरेको छ र चौथोमा बाणगगांले रु १० हजार, कप मेडल प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक दिलिप थापाले नवलपुर टुडेलाई बताउनुभयो ।

म्यान अफ द म्याच हुने खेलाडीलाई सस्थाका सरक्षक कृण्ण थापाले नगद पुरस्कार प्रदान गरेका थिए। साथै विभिन्न विधागत रुपमा समेत पुरस्कार प्रदान गरिएको छ ।खेल संयोजक थापाले प्रतियोगिता मंसिर १५ गते सोमबारबाट सुरू भएको खेलमा दर्शकहरुको भव्य उपस्थिति रहेको र खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको बताउनुभयो । कार्यक्रममा विभाीन्न संघ संस्थाका व्यक्तित्वको सहभागिता रहेको थियो र सास्कृतिक कार्यक्रम पनि रहेको थियो ।




कमेन्टहरु