खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा नगरपालिका राष्ट्रपति रनिङ शिल्डमा उपाधि जनप्रकाश मावि

उमेश रोकाया
२०८२ मंसिर १८ | मध्यान्ह ०६:०८ बजे

‎बाजुरा, मंसिर १८ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका अन्तर विधालय स्तरीय छैटौं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जनप्रकाश माध्यमिक बिधालय हात पारेको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” अभियानमा बुढिनन्दा नगरपालिकाको आयोजनामा जनप्रकाश माध्यमिक बिधालय कोल्टीमा मंसिर १६ देखि १८ गतेसम्म रनिङ सिल्ड सञ्चालन गरिएको थियोे ।

‎नगरपालिका भित्रका ५ वटा माध्यमिक बिधालयका खेलाडी सहभागिता भएका हुन । रनिङ सिल्डमा जनप्रकाश माध्यमिक बिधालय १२ स्वण, ८ रज ४ कास्य ल्याएर पहिलो स्थान, बाँधु माध्यमिक बिधालय ८ स्वण, ८ रज ५ कास्य ल्याएर दोस्रो स्थान सफल र देवडाडा माध्यमिक बिधालय ६ स्वण, ४ रज, ५ कास्य ल्याएर तेर्सो स्थान हासिल गरेको छ।

सत्य माध्यमिक बिधालय ३ स्वण, ७ रज, ६ कास्य नन्देश्वारी माध्यमिक बिधालय १ स्वण, ३ रज ६ कास्य सहित ३० स्वण, ३० रज २८ कास्य गरेर जम्मा ८८ पदक भएको खेलकुद संयोजक महेश कार्कीले बताउनुभयो । खेलकुद प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने जनप्रकाश माध्यमिक बिधालयले सिल्ड र कप उचालेर बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहराले हस्तान्तरण गरेका छन । बिजेता खेलाडी भाइबहिनी हरुलाई प्रमाणपत्र र मेटल सहि हस्तान्तरण गर्नु भएको छ ।

‎नगरपालिका विजेता भएका खेलाडीहरु जिल्ला स्तरीय रनिङ सिल्डमा सिल्ड ल्याउने हुनेछ । सबै खेलाडीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै रनिङ सिल्डमा खेलकुद क्षेत्रमा सहयोग गर्ने सम्पुर्ण खेल प्रशिक्षक, जनप्रतिनिधि , कर्मचारी , विधालय खटिएर आउनुभएको शिक्षक , विद्यार्थी सबैलाई धन्यवाद दिएको नगरपालिका प्रवक्ता जंगविर रोकायाले बताउनुभयो ।

छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समापन कार्यक्रम सभाअध्यक्ष बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहरा अतिथि उपप्रमुख रामबहादुर बोहरा, वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर कार्की सहित जनप्रतिनिधि, पाटी प्रतिनिधि, सुरक्षाकर्मी, खेल प्रशिक्षक संगै खेलाडीहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ ।

कमेन्टहरु