देश

देशैभर भण्डाफोर अभियान चलाउँछु : पुर्बमन्त्री ज्वाला साह

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०१:०४ बजे

रौतहट । नेपाल कम्युनिस्ट पार्टी एमाले राैतहट जिल्ला कमिटी विस्तारित वैठक सम्पन्न भएको छ । रौतहटको गौरमा आयोजित जिल्ला स्तरिय बिस्तारित बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश २ की अध्यक्ष ज्वाला साहले हरेक जिल्लामा भण्डाफोर अभियान चलाउनुपर्ने उनले जानकारी दिनुभएको छ । अध्यक्ष ज्वाला साहले माओवादी नेता र माधव समुहका कारण देशमा बहुमतको कम्युनिष्ट सरकार ढलेको उनले बताउनुभएको छ । उनले अव आउने स्थानीय निर्वाचनलाई लक्षित गरेर संगठन बिस्तारमा लाग्न समेत कार्यकर्तालाई आग्रह गरिन् ।

पुर्बमन्त्री साहले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे।

अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताए । बैठकले रौतहट जिल्ला स्तरमा पालिका स्तरमा संगठन बिस्तारका लागि टोली गठन समेत गरेको छ ।

कमेन्टहरु