बुटवलमा जारी प्रथम सहिद लखन थापा मगर स्मृति दोस्रो भलिवल प्रतियोगितामा मणिमुकुन्द र स्याङ्जा भलिवल क्लव फाईनलमा प्रवेश


मनु गुरुङ
बुटवल । वुटवल उपमहानगरपालिका- ७ नेपाल मगर युवा संघ वडा ईकाई समिति रूपन्देहीद्वारा आयोजना गरिएको प्रथम सहिद लखन थापा मगर स्मृति दोस्रो भलिवल प्रतियोगितामा मंगलवार भएको खेलमा मणिमुकुन्द र स्याङ्जा भलिवल क्लव फाईनलमा प्रवेश गरेका छन ।
मणिमुकुन्दले न्यु हाेराईजनलाई साेझाे ३ सेटमा हराउदै फाईनल प्रवेश गरेकाे छ भने स्याङ्जाले वाडगङ्गा स्पाेट क्लवलाई साेझाे ३ सेटमा हराउदै फाईनल प्रवेश गरेकाे छ ।
भोलि विहिवार हुने फाइनल खेल मणिमुकुन्द र स्याङ्जा विच हुने साथै तेर्साे र सान्त्वनाकाे लागि वाणगङ्गा स्पाेट एकेडेमी र न्यु हाेराईजन बिच खेल हुने खेल संयोजक दिलिप थापाले नवलपुर टुडेलाई बताउनुभयो ।
त्यस्तै मणिमुकुन्द र हाेराईजन विच भएकाे खेलमा मणिमुकुन्दका दिपेन्द्र माझी र वाण गङ्गा र स्याङ्जा विच भएकाे खेलमा स्याङ्जाका दिलिप थापा म्यान अफ द म्याच भएका छ्न । म्यान अफ द म्याच हुने खेलाडीलाई सस्थाका सरक्षक कृण्ण थापाले नगद पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको विजेताले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछ।
यसैगरी तेस्रो र सान्त्वना हुने समुहले क्रमशः नगद २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न विधागत रुपमा समेत पुरस्कार प्रदान गरिने खेल संयोजक थापाले बताउनुभयो खेल प्रतियोगिता सोमबार बाट सुरू भएको थियो ।























