देश

भुटानले पठाएको कोभिड १९ विरुद्धको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । छिमेकी राष्ट्र भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

थिम्पुस्थित पारो विमानस्थलबाट खोप बोकेर उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएतापनि एक दिनअघि नै भुटानले खोप पठाएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने छ । खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।

कमेन्टहरु