विधान महाधिवेशनमा पेश गर्ने दस्तावेजका लागि ओलीसहितका नेता छलफलमा

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजका विषयमा आज अनौपचारिक छलफलमा जुटेका छन् ।
आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजका विषयमा छलफल हुने कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनले भने “विधान महाधिवेशनमा पेश गर्ने दस्तावेजको छलफल हो । आजको छलफलमा अध्यक्षसँगै स्थायी कमिटी सदस्यहरु र केही केन्द्रीय सदस्यहरु पनि रहनुहुनेछ,”। एमालेले आउँदो भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्दैैछ ।
साउन १७ गते बसेको स्थायी कमिटी बैठकले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न ओली र संगठनात्मक दस्तावेज तयार गर्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।






















