सरकारद्वारा सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय

जगत ठाडा मगर
२०७७ अशोज २१ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिएका हुन् ।























