बडीमालिकाको स्थापना दिवसमा पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष पण्डित सम्मानित


बाजुरा, मंसिर १७ । नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित सम्मानित भएका छन्। बडीमालिका नगरपालिकाको ११ औँ स्थापना दिवसको अबसरमा सम्मानित गरिएको हो ।
पत्रकार पण्डितले विगत लामो समय देखी पत्रकारिता क्षेत्रमा काम गर्दै आएका र सम्रग पालिकाको विकासमा पत्रकारिता क्षेत्रबाट अतुलनिय योगदान गरेकोे भन्दै उहाँलाई सम्मानित गरिएको नगरप्रमुख अम्मर खड्काले बताएका छन् । उहाँका अनुसार पत्रकार पण्डितलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।
बडीमालिका नगरपालिका नगरपालिकाले ११ औँ स्थापना दिवसको अवसरमा पत्रकार पण्डित लगायत तिन जनालाई सम्मानित गरिएको नगरप्रमखु खड्काले बताए । पत्रकार पण्डित नेपाल प्रेस युनियन केन्द्रिय पुर्व सदस्य तथा नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष समेत हुन । उहाँले समेत नगरपालिकाको विकासमा अतुलनिय योगदान दिएको भन्दै सम्मानित गरिएको नगरपालिकाले जनाएकाे छ ।


















