खेलकुद

‎राष्ट्र चिनाउनको निम्ति खेलकुद क्षेत्रमा ठुलो योगदान रहेको नगर प्रमुख बोहरा

उमेश रोकाया
२०८२ मंसिर १७ | बिहान ०६:०८ बजे

‎बाजुरा, मंसिर १७ । खेलकुद क्षेत्र आफैमा महत्त्वपूर्ण छ । राष्ट्र चिनाउनको निम्ति खेलकुद क्षेत्रमा ठुलो योगदान रहेको छ । स्वास्थ्यका हिसाबले खेलकुद अनुशासनको हिसाबले खेलकुद नियम हिसाबले खेलकुद मनोरञ्जन र प्रतिष्ठा इजत हिसाबले खेलकुद यो राष्ट्र निर्माणमा खेलाडीहरुको महत्त्वपूर्ण भुमिका रहेकोे छ । यो राष्ट्र चिनाउनेको निम्ति खेलकुद क्षेत्रमा ठुलो योगदान गरेको छ । बाजुरा जिल्ला ७७ औं मानव सूचकांकमा बाजुरा जिल्ला त्यसमा पनि माथिल्लो भेगका ४ वटा पालिका अत्यन्तै गरिबी रेखामुनि भन्ने खालको भन्ने कुरालाई मेटन चाहन्छौं ।

‎कुण्डा क्षेत्रकै प्रतिनिधि गरेर बाजुरा जिल्लामा पनि उत्कृष्ट हाम्रो नगरपालिका खेलकुद क्षेत्रमा उत्कृष्ट छ भन्ने सन्देश दिन चाहन्छौ । हामीले ३०/३२ वर्षपछि आयोजना गरिरहेको रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यहीँ मैदानबाट जिल्ला स्तरीय रनिङ सिल्डको पहिलो स्थानमा हासिल गरेको छौँ । पहिला कुण्डा क्षेत्र हरेक कुरामा पछाडी थियौं । भने अहिले खेलकुद हिसाबले बुढिनन्दा नगरपालिका पहिलो नम्बरमा रहेकोे बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा बताउनुभयो ।

‎जसरी २०७९ को खेलकुद प्रतियोगितामा खप्तड छेडेदहमा भएको रनिङ सिल्डमा छोटो समयको बाबजुद पनि दोस्रो स्थान भएका थियौं । त्यसपछि हामीले जिल्ला स्तरीय रनिङ सिल्ड जित्न सफल भयौं । अग्लो पटक राष्ट्रपति रनिङ सिल्डमा पनि दोस्रो स्थान भएका हौं । जिल्ला स्तरीय रनिङ सिल्डमा जित्नका लागि यो आन्तरिक तयारी हो । मार्ट आर्टस सिकाउने पहिलो बुढिनन्दा नगरपालिका हो । नगर प्रमुख बोहरा अनुसार “सुदुरपश्चिम प्रदेश भरी नेतृत्व गर्ने बाजुराको बुढिनन्दा नगरपालिका २६ जना खेलाडी नेतृत्व गरेर खेलमा समावेश गराएका हुन । हाम्रो स्कुलहरुमा अतिरिक्त क्रियाकलाप भैरहनु पर्छ ।”

‎शिक्षकहरुले खेलकुद क्षेत्रलाई महत्त्वपूर्ण साथ अगाडि लिएर भाइबहिनीहरुलाई प्रतिभा प्रदर्शन गर्नका निम्ति वातावरण सिर्जना गर्नुपर्छ । छनोट प्रतियोगिताको लागि तपाईहरु आफ्नो स्कुल जिताउने नलाग्नु होला । पालिका जिताउनु छ । बुढिनन्दा नगर सरकारले शिक्षा क्षेत्रमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप विद्यार्थीको प्रतिभा प्रदर्शन गर्नका निम्ति खेलकुद संगीत प्रशिक्षक व्यवस्था गरेका छौँ । प्रत्येक विधालय खटाएको छौँ । त्यसको परिमाण देखिने थालेका छौँ । शैक्षिक स्तर हिसाबले बाजुरा जिल्लाभर एक नम्बरमा छौँ ।

‎एस.ई.ई. नतिजा हेर्ने हो भने गतवर्षको नतिजा हामी सामुदायिक विधालय सय प्रतिशत ल्याउन पालिकामा पर्छौ हामी , खेलकुद क्षेत्रमा पनि शिक्षा क्षेत्रमा पनि बुढिनन्दा नगरपालिकामा हामीले ६ वटा भन्दा स्कुल निर्माण गरिरहेका छौँ । जनप्रकाश माध्यमिक विधालयमा पढ्दै कमाउदै कार्यक्रम देखि स्कुलको घेरवार सम्म बनाएका छौँ । गरिबी जनताका बच्चाहरु ट्युसन कक्षा पढाई रहेका छौँ । ११/१२ का विद्यार्थीहरु नि:शुल्क शिक्षा समेत दिइरहेको छौँ ।

कमेन्टहरु