खेलकुद

बुढिनन्दा नगरपालिको छैटौं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु ‎

उमेश रोकाया
२०८२ मंसिर १६ | मध्यान्ह ०७:०८ बजे

बाजुरा , मंसिर १६ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका अन्तर विधालय स्तरीय छैटौं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुदुरपश्चिम् प्रदेश पुर्व माननीय बल्देव रेग्मीले उद्घाटन गर्नुभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियान साथमा बुढिनन्दा नगरपालिकाको आयोजनामा जनप्रकाश माद्यामिक विधालय व्यवस्थापकमा मंसिर १६ गतेदेखि १८ गतेसम्म रनिङ सिल्ड सञ्चालन हुने भएको छ । बुढिनन्दा नगरपालिका ६ वटा विधालय खेलमा प्रतिस्पर्धा भैरहेको छ । खेल कार्यक्रम प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश पुर्व माननीय बल्देब रेग्मीले ज्याभलिङ थ्रो गरेर खेल सञ्चालन गरिएको थियो । पहिलो दिनमा २ मिटर दौड र कबडी खेल भएका खेलकुद संयोजक महेश कार्कीले बताउनुभयो ।

‎खेलकुद क्षेत्र आफैंमा महत्त्वपूर्ण छ । स्वास्थ्यको हिसाबले खेलको अनुशासन हिसाबले , खेलकुद हिसाबले , नियमको हिसाबले खेलकुद मनोरञ्जन प्रतिष्ठा र इजतको रूपले खेलकुद राष्ट्रमा खेलको ठुलो भुमिका छ । यो राष्ट्रलाई चिनाउनेका लागि खेलकुद राष्ट्र निर्माणमा खेलाडीहरुको महत्त्वपूर्ण भुमिका छ । ३०/३२ वर्षपछि आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट ल्याउन लागेका छौँ । अहिले कुण्डा क्षेत्र पहिलो नम्बर हाम्रो पालिका छ । सुरुको २०७९ को खेलकुदको प्रतिस्पर्धा गर्दा जिल्लामा दोस्रो आउन सफल भएको बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

‎आफ्नो खेल प्रदर्सन गर्ने, आफ्नो क्षमता गर्ने रमाउने र दर्शक पनि खेलमा प्रभावित हुने दिनको रूपमा रहेकोे छ । राष्ट्रपति रनिङ सिल्ड नगरपालिका अन्तर्गत खेलाडी प्रतिस्पर्धा रूपमा लिने गरेको छ । आफ्नो क्षमता खेलाडी भाइबहिनीले खेल प्रदर्सन गर्ने भएका छन । क्षमता खेलाडीलाई छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा जानकालाई सबै खेलाडीको महत्त्वपूर्ण भुमिका रहनेछ । आशा लिएको छ, बुढिनन्दा नगरपालिका विगत दिनमा खेल क्षेत्रमा खेलेको महत्त्वपूर्ण उपलब्धिलाई हार्दिक धन्यवाद दिएको सुदुरपश्चिम प्रदेश पुर्व माननीय बल्देव रेग्मीले बताउनुभयो ।

‎बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहरा अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो । प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश पुर्व माननीय बलदेव रेग्मी , बिशिस्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पाटी केन्द्रिय सदस्य जंग कुमार गिरी, नगर उपप्रमुख रामबहादुर बोहरा लगायत वडा अध्यक्षहरु, नगरपालिका कर्मचारी, खेल प्रशिक्षक, विधालय खेल प्रशिक्षक प्रतिनिधि र खेलाडीहरु सहित पत्रकार सहभागिता रहेका बुढिनन्दा नगरपालिका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो ।

कमेन्टहरु