श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव सम्पन्न, १ करोड ४० लाख दान संकलन


बाजुरा, मंसिर १५ । बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना सम्पन्न गरिएको छ । मंसिर ६ गतेबाट सुरु भएको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म ताेलि देवल माविकाे खेल मैदानमा सञ्चालन गरिएको हो । महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजको मुख्य कथा बाचन सहित सञ्चालन गरेको थियोे ।
अनाथ टुहुरा बालबालिकाहरुका लागि आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासको उद्देश्यलाई केन्द्रिकृत गरेर आयोजना गरिएको हो । बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महायज्ञ लगातार ९ दिनसम्म सव्य–भव्य, शान्तिपूर्ण र ऐतिहासिक रूपले सम्पन्न भएको छ । वडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महायज्ञलाई सफल बनाउन सहयोग पुर्याउने हुने देश बिदेश रहनु भएका सम्पूर्णलाई त्रिवेणी नगरपालिका -४ का वडा अध्यक्ष गणेश साउदले धन्यवाद व्यक्त गरेका छन ।
आध्यात्मिक मार्गदर्शन प्रदान गर्नुभएको प्रमुख वाचक आचार्य श्री कृष्ण चैतन्य गुरु सहित टिम, कलाकार शिशिर साधक, बाजागाजा, कीर्तन तथा सेवा–सत्कारमा समर्पित सबै प्रति विशेष आभार गरेका छन । महायज्ञलाई व्यवस्थित, अनुशासित र गरिमामय बनाउन दिनरात खटिनु भएकाआयोजक समिति, विद्यालय परिवार, शिक्षक–कर्मचारी, वडा तथा स्थानीय निकाय, विद्यार्थी, स्वयंसेवक, पत्रकार, बुद्धिजीवी, सामाजिक अगुवा सबैलाई हार्दिक धन्यवाद दिएका छन । समुदाय, विद्यालय र अनाथ–टुहुरा बालबालिकाको उज्ज्वल भविष्यका लागि यो साथ–सहयोग निरन्तर रहोस् भन्ने कामना छ । सबैको विश्वास र सहयोगकै कारण
यो महायज्ञ अत्यन्त सफल, हृदयस्पर्शी र ऐतिहासिक रूपले सम्पन्न भएको वडा अध्यक्ष साउदले बताउनुभयो ।
श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव मंसिर ६ गतेबाट सञ्चालन भएको महायज्ञमा प्रमुख कथाबाचक श्री चैतन्यकृष्ण महाराजका अमृतमय प्रवचन, हिरालाल कडेँल ज्यूका जीवनदायिनी बालशिक्षा, शिशिर साधकज्यूका अमृत धारा जस्तै भजन प्रवाहको सुललिततामा भित्र ९ दिनसम्म ऊर्जामय वातावरणमा सञ्चालन भएको महायज्ञ पूर्णावधि शान्त र सुखद वातावरण सम्पन्न गरिएको छ । महायज्ञको मोटामोटी हिसाव अनुसार करिव १ करोड ४० लाख दान सङ्कलन भएको श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव मुल समारोह समितिले जनाएको छ ।
साना दाता देखि ठूला दान दाताहरू सबैको बडीमालिका माता र इष्टकुल देवताको आशिर्वादले सधैँ कल्याण होस् । महायज्ञ आयोजक मूल समारोह समिति, उपसमितिहरुका सम्पूर्ण पदाधिकारीहरु, त्रिवेणी नगरका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत लगायत नगर परिवार, सबै हार्दिक आभार प्रकट गरेको छन । हामीले देखेको सपना अनाथ, टुहुरा तथा गम्भीर अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय बनाउने र विद्यालयको विस्तारको लागि जग्गा खरिदको आधार बनाएको छ । बाजुराका ८ पालिकाको ऐक्यबद्धता सहितको लगानी र त्रिवेणी नगरपालिकाको सहयात्रा हामीले धार्मिक महोत्सव सम्पन्न गरिएको हो ।
त्रिवेणी नगरपालिकाका सबैजसो बस्तीमा हाम्रा प्रतिनिधिहरुले घरदैलो पुगी महायज्ञमा आइदिन निम्तो दिँदै दान सङ्कलन गरियो । आयोजक त्रिवेणी नरपालिकाको वडा नं ३,४ र ५ को प्रत्येक परिवार भावनात्मक रुपमा जोड्यौँ, त्रिवेणी नगरपालिका भरिका शिक्षक कर्मचारी पेशाकर्मीहरुले खुला दिलले दान गर्नुभयो, ऐक्यबद्धता जनाउनुभयो । अब खास जिम्मेवारीको भारी थपिएको छ । हामीले चन्दा दाताहरुलाई सुनाएका सपना साकार पार्नु विशेषगरी सुन्दर तोली देवलडाँडा माध्यमिक विधालय बनाउनु पर्छ भन्ने अभियान लागेका छौँ । यो चुनौतीलाई हामी अबसरको रुपमा लिनेछौँ र अभियान सफल पार्ने लागेको आयोजकले जनाएको छ । महायज्ञमार्फत धार्मिक आस्था, स्थानीय संस्कृति, शिक्षा तथा समुदाय विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको हो ।


















