प्रबास

फ्यानसँगको तस्बिर सेयर गर्दै अमिताभ बच्चनले भने, ‘मुस्कानहरू जसले मलाई बचाउँछ

एजेन्सी
२०८२ मंसिर १५ | मध्यान्ह १२:०८ बजे

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनको एक झलक पाउन प्रशंसकहरू व्यग्र प्रतीक्षामा रहन्छन् । यही कारण बच्चनले प्रायः आइतबार मुम्बईस्थित आफ्नो बंगला ‘जलसा’ बाहिर प्रशंसकहरूलाई भेट दिने गर्छन् ।

सधैँ झैँ आइतबार पनि उनले मुम्बईस्थित आफ्नो घर ‘जलसा’ बाहिर प्रशंसकहरूलाई भट दिएका छन् । उक्त भेट उनले तस्बिरसाथ सामाजिक सञ्जालमा सेयर गरेका छन् । जसमा लेखेका छन्, ‘मुस्कानहरू जसले मलाई बचाउँछ र अस्तित्वमा ल्याउँछन् ।’ यसका साथै उनले प्रशंसकहरूको यो खुसीले नै आफूलाई अगाडि काम गर्ने शक्ति दिने बताएका छन् । 

बच्चन अहिले पनि धेरै प्रोजेक्टहरूमा काम गरिरहेका छन् । उनी नितेश तिवारीको फिल्म ‘रामायण’मा जटायुको पात्रका लागि भोइस ओभर दिइरहेका छन् । यस फिल्ममा उनको अलवा रणवीर कपुर ‘राम’, साई पल्लवी ‘सीता’, सनी देओल ‘हनुमान’ र रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् । यस फिल्मको पहिलो भाग २०२६ मा रिलिज हुनेछ ।

यसको अलवा उनी ‘ब्रह्मास्त्र पार्ट २’ र ‘कल्कि २’ जस्ता फिल्महरूमा समेत देखिने तयारीमा छन् । उनी लोकप्रिय क्विज शो ‘कौन बनेगा करोडपति’को सिजन १७ समेत होस्ट गरिरहेका छन् ।

कमेन्टहरु