समाचार

दाङमा तीन स्थानमा विद्युत सवस्टेशन निर्माण गरिदै

नवलपुर टुडे
२०८२ मंसिर १४ | मध्यान्ह ०७:०८ बजे

घोराही, मङ्सिर १४ । दाङमा विद्युत अनियमित हुने र लो–भोल्टेजको समस्या समाधानका लागि तीन स्थानमा सवस्टेसन निर्माणसँगै विद्युत विस्तारको काम भइरहेको छ । घोराही उपमहानगरपालिका –९ मकुनडाँडा, घोराही –१२ हापुर र गढवा गाउँपालिका –७ मानपुरमा सवस्टेसन निर्माणसँगै ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि पोल निर्माणसँगै तार तान्ने काम भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरण स्तरोन्नति तथा विस्तार आयोजनाअन्तर्गत दाङको ग्रामीण क्षेत्रमा विद्युत् अनियमित्ताको समस्या समाधान गर्दै विद्युत् नपुगेका क्षेत्रमा विस्तारका लागि काम भइरहेको छ । तीन बर्षभित्र काम सक्नेगरी एसियन इन्फास्ट्रक्टर इन्भेस्टमेन्ट बैंकको करिव तीन अर्ब रुपियाँको लागतमा सुरु भएको आयोजनाअन्तर्गत विद्युत् प्राधिकरण स्तरोन्नतिको काम भइरहेको छ । 

आयोजनाको दाङ इन्चार्ज विश्वविलाश शर्माका अनुसार २०८० मा टुण्डी–जे.के. जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उक्त आयोजनाअन्तर्गत अहिलेसम्म सबस्टेसन निर्माणस्थलमा बाउन्ड्री निर्माणसँगै, भवन, कन्ट्रोल रुमसँगै  र विद्युत् पोल गाड्ने र तार तान्ने काम  भइरहेको छ । 

कमेन्टहरु