दुर्घटना

नवलपुरको प्रगतिनगरमा म्याजिक र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक घाईते

नवलपुर टुडे
२०८२ मंसिर १४ | मध्यान्ह ०५:०८ बजे

कावासोती । नवलपुरमा म्याजिक र मोटरसाइकल अकआपसमा ठोकिदा मोटरसाइकल चालक घाईते भएका छन ।

देवचुली नगरपालिका- १५ प्रगतिनगरस्थित पूर्व पश्चिम राजमार्गमा पृथ्वीनगरबाट प्रगतिनगर तर्फ आई बाटो क्रस गर्न लागेको ना १ ज ८३७३ नम्बरको म्याजिक र कावासोतीबाट दलदले तर्फ आउदै गरेको प्र.३ ०३-००१ प ४१९९ नम्बरको मोटरसाइकल ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने बर्ष ४५ को नरबहादुर बि.क. घाईते भएका हुन ।

घाईते बि.क.को बाँया खुट्टामा चोट लागि उपचारको लागि एलाईभ अस्पताल भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कमेन्टहरु