राजनीति

एमाले महाधिवेशन प्रतिनिधि : तनहुँ-२ मा सर्वसम्मत

रासस
२०८२ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

तनहुँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशनका लागि तनहुँ क्षेत्र नं २ बाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचन प्रक्रियाअन्तर्गत क्षेत्र नं २ बाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका हुन् ।सर्वसम्मत हुनेमा खुल्लातर्फ श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, महिलातर्फ बिर्सना श्रेष्ठ, विष्णु अधिकारी र ४० वर्षमुनीका युवामा उज्ज्वल खनाल छन् भने निर्वाचन प्रबन्ध समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए।

तनहुँ क्षेत्र नं १ मा भने सहमति हुन नसकेपछि मतदान गरिएको छ । तनहुँ क्षेत्र नं १ तर्फ दुई जना खुल्लामा हरिराज कँडेल, श्रीराम कार्की, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, पूर्णबहादुर गुरुङ र प्रेमकुमार राना प्रतिस्पर्धामा छन् ।

एकजना युवाका लागि मदन तिमिल्सिना, सोमबहादुर तामाङ र सरु कुमाल प्रतिस्पर्धामा छन् । दुई जना महिलाका लागि मनुमाया श्रेष्ठ, देवु विष्ट, रुपा तामाङ र फूलमति थापा प्रतिस्पर्धामा छन् । मतदान सकिएपछि शनिबार रातिदेखि मतगणना गरिए पनि राति १२ बजेदेखि स्थगित गरिएको छ ।

कमेन्टहरु