आज पनि बढ्यो सुनचाँदीको भाउ

रासस
२०८२ मंसिर १४ | मध्यान्ह १२:०८ बजे

काठमाडौँ, मङ्सिर १४ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।


















