खेलकुद

एनपीएल : प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

रासस
२०८२ मंसिर १३ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लियो ।

आजको हार भएपनि पोखराको पनि प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेकाे छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ ।पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍याे । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए भने निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुई÷दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे ।

कमेन्टहरु