ठूला व्यवसायीलाई जोगाउने, सानालाई दपेट्ने, वाणिज्य विभागको शैली
kushal
२०७७ अशोज २१ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । उपभोक्ता हित संरक्षणको उद्देश्य बोकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समयमा भुत्ते भएको भन्दै आलोचित बनिरहेको छ । विभागको कार्यशैलीबाट न उपभोक्ता सन्तुष्ट छन्, न व्यवसायी ।
उपभोक्ताहितमा काम गर्नु पर्ने विभाग संगठित र ठूला व्यापारी जोगाउने तथा सानालाई कज्याउन अभ्यस्त बनेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाएका छन् । राजनीतिक संरक्षणमा रहेका ठूला व्यापारीलाई विभागले कडा कारवाहीबाट जोगाउने गरेको उनीहरुको दावी छ । व्यवसायीहरु चाहिँ विभागले आफूहरुलाई अनावश्यक झमेला दिइरहेको भनेर असन्तुष्ट छन् ।


















