पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण

रासस
२०८२ मंसिर १३ | मध्यान्ह ०१:०८ बजे

तनहुँ, मङ्सिर १३ । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।


















