एनपिएलः लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै

रासस
२०८२ मंसिर १३ | मध्यान्ह १२:०८ बजे

काठमाडौँ, मंसिर १३। त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ ।
लुम्बिनी अङ्क तालिकाको सातँैं र पोखरा छैटौँ स्थानमा छ । आज अपराह्न ४ः०० बजे हुने अर्को खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।


















