जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी फरार

रासस
२०८२ मंसिर १३ | बिहान ११:०८ बजे

जलेश्वर (महोत्तरी), मङ्सिर १३ । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् ।जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ ।
जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् । फरार कैदीबन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो ।


















