कस्तो हुनेछ आजको मौसम ?

नवलपुर टुडे
२०८२ मंसिर १३ | बिहान ०६:०८ बजे

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।


















