एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती

रासस
२०८२ मंसिर ११ | मध्यान्ह ०३:०८ बजे

काठमाडौँ, मङ्सिर ११ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा आज नेपालले हङकङलाई २७१ रनको चुनौती दिएको छ ।अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनायो । जसमा कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । त्यसैगरी दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । अशोक र दर्शबीच १०८ रनको शतकीय साझेदारी समेत भयो ।
जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।


















