बाजुराका १६ वर्षीय लोकराज जैशी धनगढीबाट सम्पर्क बिहिन

उमेश रोकाया
२०८२ मंसिर ११ | बिहान ०५:०८ बजे

बाजुरा । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालीका वडा नं ७ स्यालकाटिया घर भएका १६ वर्षीय लोकराज जैशी धनगढीमा सम्पर्क बिहिन भएका छन ।
बुवा ताराचन्द्र जैशी आमा धनसरा जैशीका छोरा १६ वर्षीय लोकराज जैशी हाल धनगढी उपमहानगरपालिका वडा नं १ शिबनगर घरभाडामा लिई पढाइको सिलसीलामा पञ्चोदय माध्यामिक विद्यालयमा कक्षा आठ (८) मा पढ्ने लोकराज जैशी मंसिर ९ गते मध्यान्न दिउसो ११ बजे देखी हाल अहिलेसम्म सम्पर्क बिहिन भएको बुवा ताराचन्द्र जैशीले बताएका छन ।
चिन्नुहुने महानुभावहरूले सम्पर्क गरिदिन घरपरिवार आग्रह गरेका छन । कतै देख्नु हुने माहानुभाब ब्यक्तिहरुले नजिकैकाे प्रहरी कार्यालय तथा हराएको ब्यक्तिका आफन्त दाजु धर्म जोशिको सम्पर्क नम्बरमा ९७६९९१५९९१ मा फोन सम्पर्क गरेर खबर सहयाेग गरिदिन हुन अनुराेध गरेका छन ।


















