शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

एजेन्सी
२०८२ मंसिर १० | मध्यान्ह १२:०८ बजे

काठमाडौं ,मंसिर १० । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो।
अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’(पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको छ कि ट्राइब्युनलको फैसला मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले रचेको राजनीतिक ‘षड्यन्त्र’ को हिस्सा हो, जसको उद्देश्य हसीना र उनको दललाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट ‘बाहिर’ राख्नु हो।


















