क्युडी गाउँको सडक अध्यक्ष मल्लद्वारा उद्घाटन


बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँपालिका – ५ क्युडी गाउँ हुँदै वडा नम्बर २ का बस्तीमा जोड्ने सडक गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले उद्घाटन गर्नुभएको छ । दुर्गम गाउँमा सडक संजाल जोडिए संगै गाडी सञ्चालनमा आएका छन । एक औपचारिक कार्यक्रम गरेर गाउँमा पालिका प्रमुख तथा गाडीलाई फुलमाला लगाएर स्वागत गरेका छन । वडा २ को कोट, कोटीगाउँ, नातिखोला र रुम्दी जोड्ने सडकको उद्घाटन गरिएको छ ।
अहिले क्युडी गाउँमा सडकमा रिवन काटेर क्युडी गाउँ लगायत अरु बस्तीमा सडक जोडिन लागेको छ । अहिले गाउँ नियमित गाडी आवतजावत गर्ने गरेका छन । पहिला हिडेर गाउँबाट २/३ घण्टा पैदल यात्रा गरेर मात्र गाडी भेटाउन गरिन्थ्यो । अहिले घरको दैलोबाट गाडी सुबिधा पाएका छन । बजारबाट तेल चामल नुन पिठ्युँ बोकेर खानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय वीर बहादुर बोहराले बताउनुभयो ।
हिमाली गाउँपालिका विशेषगरी वडा नम्बर २ को रुम्दी कोटिगाउँ र कोट हुँदै नातिखोला सडक संजाल जोडन लागेको हो । अहिले क्युडी गाउँमा गाडीमा आनन्द पुग्ने गरेका छन । क्युडी गाउँ हुँदै २ नम्बर वडा जाने कोट , कोटि गाउँ र रुम्दी गाउँमा सडक यहीँ सालमा पुगाउने गरि लागेको छु । अब दुर्गम बस्ती सुगम बन्दै गएका छन । हिमाली गाउँपालिका १,२ र ३ वडा सडक जोड्न भखरै सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र प्रदेश माननीय टोल सहित आफू गएर सडक शिलान्यास गरेका छौँ । यहीँपटक बिच्छ्यामा सडक जोड्ने निर्माणकार्य अगाडि बढाएको छौँ । २०८२ भित्र सबै गाउँ बस्तीमा सडक पहुँच पुगाउने गरेर लागेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
अहिलेसम्म हिमाली गाउँपालिका ७० प्रतिशत ठाउँमा सडक पुगेर स्थानीयले गाडी चड्न पाएका छन । पछिल्लो समय शिक्षा , स्वास्थ्य र भौतिक पुर्वाधार क्षेत्रमा पालिकाले बजेट विनियोजन गरिएको छ । धेरै जसो गाउँका मान्छेहरु घरदैलो बाट गाडी चडेर बजार आउने गरेका छन । यो सालभित्र सबै बस्तीमा सडक पहुँचमा ल्याउने गरि लागिरहेको मल्लले बताउनुभयो ।


















