भारतको ५३ औँ प्रधानन्यायाधीशमा सूर्य कान्तले लिए शपथ

एजेन्सी
२०८२ मंसिर ८ | मध्यान्ह ०३:०८ बजे

काठमाडौँ । भारतको ५३ औँ प्रधानन्यायाधीशको रूपमा न्यायाधीश सूर्य कान्तले शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानन्यायाधीश सूर्य कान्तलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।


















