देश

सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न माधब पक्षको माग

जगत ठाडा मगर
२०७८ साउन २१ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका छन् ।

नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् ।

१० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

कमेन्टहरु