समाचार

मैतन्ना र कर्णालीमा पुलको कुरालाई तत्काल अगाडि बढाउने: मुख्यमन्त्री शाह

उमेश रोकाया
२०८२ मंसिर ८ | बिहान ०६:०८ बजे

बाजुरा, मंसिर ८ । मैतन्ना पुल र कर्णाली नदीमा पुलको कुरालाई तत्काल अगाडि बढाउने सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले प्रतिबद्धता गर्नुभएको छ । बाजुरा जिल्लाका समग्र विकासका लागि जसरी यहाँका जनप्रतिनिधि साथीहरु लाग्नुभएको छ । त्यही रूममा आफू काँधमा काँध मिलाएर अगाडि बढ्ने पनि बताएका छन ।

‎भ्याएसम्म समग्र सुदूरपश्चिमलाई अगाडि लैजान सन्दर्भमा विशेष प्राथमिकतामा यो बाजुरा जिल्लाको हिमाली गाउँपालिका राख्ने प्रतिबद्धता गर्नुभएको छ । विकास भन्ने कुरा एकैछिन चमत्कार पनि हुँदैन तर विकास आधारहरु निर्माण गर्दै जानुपर्छ । कालोपत्र सडक, शुद्ध खानेपानी, प्रत्येक घरघरमा धारा, स्वास्थ्य र शिक्षा कहिले बन्ने भन्ने चाहना छ । केही कुरा अगाडि बढेका छन् । धुलाचौर खानेपानी समस्या छ ।

‎यसलाई कर्णाली नदीमा लिफ्टिङ मार्फत काम गर्ने अगाडि बढाइनेछ । हिमाली गाउँपालिका धुलाचौरमा स्वास्थ्यको भवन निर्माणकार्य सम्पन्न भएपनि चाहिने आवश्यक साधनस्रोतहरू न्यूनतम आधार कुराहरू के के हुन् त्यो तत्काल अगाडि बढाउने प्रतिबद्धता गरेका छन । पशुपालन जडीबुटी र विभिन्न प्रजातिका बालीहरूको उत्पादन गर्ने सकिने सम्भावना ठाउँ भएको मुख्यमन्त्री शाहले बताउनुभयो ।

‎विशेषगरी भेडापालनलाई बढी जोड दिइनेछ । भेडापालनलाई घर निर्माण गर्ने सन्दर्भमा भेडापालनलाई व्यवसाय रूपमा अगाडि बढाउनेमा हामी अगाडि बढेका छौं । यसकालागि बजेट निर्माण भएको छ । थप आवश्यक बजेट विनियोजन गर्ने कुरा विश्वास दिलाएका छन । बिच्छ्याको मैतन्ना पुल र कर्णाली नदी पुलको कुरा यसलाई तत्काल अगाडि बढाउने भएको छ ।

कमेन्टहरु