देश

कैलालीमा शसस्त्र प्रहरी जवान मृत फेला

जगत ठाडा मगर
२०७८ साउन २१ | मध्यान्ह ०५:०४ बजे

कैलाली । कैलालीमा एक जना शसस्त्र प्रहरी जवान मृत अबस्थामा फेला परेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं.१ मा रहेको शसस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत डडेलधुरा भागेश्वर गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षिय शसस्त्र प्रहरी जवान हरिस कुमार शाही सोही कार्यालयको परिसरभित्र मृत रुपमा फेला परेको छ ।

उनलाई उत्तरपट्टिको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको थियो ।
घटनाको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पातल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ भने, घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु