विश्व

भुटानका प्रधानमन्त्री सेरिङ तोब्गे बङ्गलादेश भ्रमणमा

रासस
२०८२ मंसिर ६ | मध्यान्ह ०१:०८ बजे

काठमाडौँ ।  भुटानी प्रधानमन्त्री सेरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि शनिबार ढाका पुगेका छन् ।भुटानी प्रधानमन्त्री तोब्गेलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एचएसआईए) मा ओर्लिएपछि बङ्गलादेशका मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले स्वागत गरेका थिए ।दुई नेताको विमानस्थलको भिआइपी लाउन्जमा छोटो बैठक भएको थियो भने प्रधानमन्त्री तोब्गेले शुक्रबारको भूकम्पले गर्दा भएको क्षतिको बारेमा सोधपुछ गरी पीडित परिवारप्रति समवेदना व्यक्त गरे ।

बैठक पछि, टोब्गेलाई अस्थायी सलामी मञ्चमा १९ तोपको सलामी र गार्ड अफ अनर दिइएको छ ।विमानस्थल समारोह पछि भुटानी प्रधानमन्त्री बङ्गलादेशको मुक्ति युद्धका शहीदहरूलाई श्रद्धाञ्जलि दिन सावर स्थित राष्ट्रिय शहीद स्मारकमा जान प्रस्थान गरे । उनले शहिद स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम तय छ ।
 
बङ्गलादेशका विदेश सल्लाहकार र वाणिज्य सल्लाहकारले दिउँसो ३ः०० बजे मुख्य सल्लाहकार मुहम्मद युनुससँग तेजगाँव क्षेत्र स्थित उनको कार्यालयमा भेटवार्ता गर्नु अघि भुटानी नेतालाई भेट्ने अपेक्षा गरिएको छ ।

कमेन्टहरु