प्युठानमा चितुवाको छाला सहित तीनजना पक्राऊ


बबिता मण्डल
प्युठान । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा चितुवाको छाला सहित तीनजना पक्राऊ परेको छन् । जिल्लको सृजना होटलको प्राङ्गणमा अवैध चितुवाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले रातको समयमा छापा मार्दा चितुवाको चाला सहित तीनजना पक्राऊ परेको हो ।

पक्राऊ पर्नेमा प्युठान झिम्रुक गाउँपालिका वडा नं १ बस्ने २९ वर्षिय अभिनास पुन, सरुमाराणी १ बाङ्गेशाल बस्ने ३२ वर्षिय छविलाल परियार, दाङ राजपुर १ बस्ने २८ वर्षिय इन्द्र बहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
उनीहरूको साथबाट झोलामा पलास्टिक भित्र लुकाई राखेको अवस्थामा लम्बाई ६ फिट ६ इन्च चौडाई २ फिट २ इन्च चितुवाको कालो, सेतो, खैरो रंगको छालासहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय प्युठानमा कानुनी कारबाही अगाडि बढाउन बुझाएको छ ।






















