बारीभरि लटरम्मै किवीपाक्दा किसान रमाए


गोरखा, मंसिर ६। बारीभरि लटरम्मै किवीपाक्नथालेपछि उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतका किसानहरू दङ्ग छन् । किबी बेचेर गतवर्ष राम्रो आम्दानी गरेका यहाँ काकिसान यसवर्ष पनि त्यो भन्दा धेरै आम्दानी हुने आशामा छन् ।
सुरुका वर्षमा बजारको समस्या भए पनि गतवर्ष यता व्यापारीसँग सम्पर्क भएपछि बजारको समस्या छैन । तर बजारसम्म पुर्याउने बाटोको भने समस्या भएको कामीराम गुरुङको भनाइ छ । यसवर्ष बेमौसमी वर्षापछिको पहिरोले बाटोको समस्या बनाएको उहाँको भनाइ छ । ‘यसपटक पहिरोले साह्रै समस्या बनायो । दुई पटकसम्म पहिरो मर्मत गरेपनि गतकात्तिक पहिलो हप्ता परेको वर्षापछिको पहिरोले मर्मत गर्नै नसकिने गरी बाटो बिगा¥यो’, उहाँले भन्नुभयो, “डोकोमाबोकेर साध्यै छैन । कसरी बजारसम्म पु¥याउने भन्ने समस्या भयो ।”
फेज नेपाल नामक संस्थाको सहयोगमा कामीराम गुरुङले २०७४ सालमा लगाएपछि गाउँले त्यसतर्फ आकर्षित भएका थिए । अहिले सबैको बारीभरि किबी लटरम्मै फलेको छ ।
किसानको किवी बजारसम्म पुर्याउन बाटोको समस्या भएको वडाअध्यक्ष सरोज गुरुङको भनाइ छ । ‘हामीले सडक मर्मत गर्न सकेसम्म पहल गरिरहेका छौँ’, उहाँ भन्नु हुन्छ, ‘यसअघि पनि दुई पटकसम्म मर्मत गरेको हो । फेरि पनि बनाउँछौँ ।’























