समाचार, स्वास्थ्य

चौपत्ता सहिद सामुदायिक अस्पतालमा डायलिसिस सेवा सञ्चालनमा आउने: बिरामीलाई ठूलो राहतको अपेक्षा

नवलपुर टुडे
२०८२ मंसिर ६ | बिहान ०५:०८ बजे

पुरुषोत्तम सुबेदी
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट, चौपत्तास्थित सहिद सामुदायिक अस्पतालमा डायलिसिस सेवा चाँडै सञ्चालनमा आउने गरी तयारी भएको छ । यस सेवाको सुरुवातपश्चात् जिल्लाका मिर्गौला पीडित बिरामीहरूले उपचारका लागि टाढाका शहरहरू (बुटवल, चितवन वा काठमाडौँ) जानुपर्ने बाध्यताको अन्त्य भई स्थानीय स्तरमै सर्वसुलभ सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

अस्पतालमा डायलिसिस सेवा सञ्चालनका लागि आवश्यक मेसिन, उपकरण र अन्य प्राविधिक व्यवस्थापनको काम लगभग पूरा भइसकेको छ। जर्मन रोटरी र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा यसअघि अस्पताललाई ६ वटा हेमोडायलिसिस मेसिनसमेत हस्तान्तरण गरिएको थियो।

तयारी अन्तर्गत सरोकारवालाहरु सहितको अस्पताल संचालक समितीको टोलीले धुलिखेल सामुदायिक अस्पताल पुगेर डायलिसिस सेवाको गुणस्तर सुनिश्चित गर्न र प्राविधिक सहयोगका लागि छलफल गरेको हो ।

कमेन्टहरु