सांस्कृतिक शान्ति तथा सद्भाव ¥याली सहभागीता जनाउन आह्वान


काठमाडौं । संयुक्त अभियानको आयोजनामा मंसिर ६ गते आज शनिबार सांस्कृतिक शान्ति तथा सद्भाव ¥यालीमा सहभागिता जनाउन आह्वान गरेकाे छ ।
देशमा विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव ¥याली गर्न लागेका हो ।
ललितपुरको पाटन दरबार स्क्वायरमा ११ः३० भेला भएर ¥याली १२ः१५ बजे काठमाडौंकाे बसन्तपुर दरबारकाे कालभैरव मन्दिरमा सम्पन्न हुने कार्यक्रम रहेकाे छ ।
सामुहिकतामा आधारित सांस्कृतिक एकताबाट देशलाई दिशानिर्देश गर्नुको विकल्प नरहेको आयोजकले जानकारी गराएको छ । सो सामूहिक भेला मार्फत शान्तिका लागि सांस्कृतिक कार्यक्रम तय गर्न राष्ट्रिय सामाजिक संघ संस्था, खलः पुचः सांस्कृतिक तथा जातीय समाज लगायत स्वाधीन अभियानकर्मी तथा शुभ चिन्तकहरुलाई उपस्थित हुन समेत संयुक्त अभियान समूहको मूख्य संयोजक राजमान मानव आह्वान गरेका छन् ।
गत कार्तिक २९ गते ललितपुर च्यालसमा रहेको ज्यापु समाजमा बसेको बैठकबाट र्याली गर्ने निर्णय गरिएको थियो ।
सो कार्यक्रममा नेवाः अभियान्ता अनिष बैद्यले अहिलेको जटिल अवस्थामा देश बचाउने सवालमा राज्यको मूल्य मान्यता सिद्धान्त अनुरुप नागरिक समाज गठन गर्न आवश्यक रहेको औल्याए । साथै नेवार समुदायको एकता तथा संस्कृति, अमूर्त सम्पदा बचाउन सवालमा एक ढिक्का हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमका अतिथि जटाधारी नृत्यनाथ बाजं खलका संस्थापक अध्यक्ष मू गुरु राजेन्द्र महर्जनले उपत्यकाका नेवार समुदायका मौलिक बाजा गाजाहरू विभिन्न राजनैतिक कार्यक्रमहरूमा मनाेञ्जनकाे साधनकाे रुपमा गलत प्रयाेग गर्न नहुनेमा ध्यानाकर्षण गराए । उनले हाम्रो मौलिक बाजागाजाहरू विभिन्न सभा समारोहहरुमा बजाउने हुने, नहुने विधान, नियम रहेको स्पष्ट पारेका थिए । साथै हाम्रो पुर्खा सिर्जिएका परम्परागत बाजा गाजाहरू ऋतु अनुरूप मात्रै बाजा बजाउन मिल्ने जानकारी गराए ।
सो कार्यक्रमका अतिथि खोला मापदण्ड तथा भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिले पिडितहरु अहिले आफ्नो मुख देखाउन सक्ने अवस्था नरहेकाे जनाउँदै खोला मापदण्ड मात्र नभई भूमिअधिकार सवालमा आफूहरूले आवाज बुलन्द बनाउँदै आई रहेको जनाए । उनले खोला मापदण्डको सवाल बैज्ञानिक आधार नभई मन लाग्दो ढंगबाट मापदण्ड निर्धारण गरिएको छ ।
कार्यक्रमका अतिथी तारानाथ श्रेष्ठले हाम्रो नेवार समुदायको बौद्विक नेतृत्व बढि भए पनि राजनैतिक नेतृत्व एक दमै खस्किदै गइरहेको आफूलाई महशुस भएको छ । उनले हामी एटोमेटिक रुपमा शक्ति हौंओ, हाम्रो सांस्कृतिक, एैतिहासिक, भौगोलिक तथा जुनसुकै पक्षबाट हेर्दा पनि हामी एलरेडी फोर्स हो । अहिले त्यो शक्ति धेरै नराम्रो सित खेर गईरहेकोले त्यो शक्तिलाई एकत्रित गर्नका लागि एउटा साइकलको चेनको डाटी बन्न आफु तयार रहेको जनाए ।
सो कार्यक्रमका अतीथी नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले अहिले सवालमा नेवाः एकता छलफलको विषय नभएको जनाए । उनले एकताको सवालमा शतप्रतिशत सहि नहुने जनाए । २१ औं शताब्दीमा निषेधको राजनीति गर्न नहुने जनाए । अहिलेको सन्दर्भमा नेवाः एकता गर्नलाई संगठनलाई बनाउन लागेको हो भने सो कार्य नगर्न समेत अनुरोध गरे ।























