पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न


काठमाडौँ, मङ्सिर ६ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज यहाँ सिंहदरबारमा सभा सम्पन्न भएको हो ।
गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट रु ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतमा रु एक अर्ब १३ करोड रहेको थियो ।विसं २०७२ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । प्रतिष्ठानमा स्नातकोत्तरतर्फ एमडी, एमएसमा १३ विभागअन्तर्गत १०० विद्यार्थी अध्ययनरत छन् । स्नातकतर्फ एमबिबिएस, बिएनएस, बिएसी नर्सिङतर्फ १७० विद्यार्थी अध्ययनरत छन् ।
सभामा सहकुलपति एवं स्वास्थ्यमन्त्री डा सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सभाका सदस्यलगायतका उपस्थिति रहेको थियो ।






















