देश

संखुवासभामा प्रहरीले भेट्टायो चोरीका ६ मोटरसाइकल, एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २१ | बिहान १०:०४ बजे

संखुवासभा । इलाका प्रहरी कार्यालय, संखुवासभा चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ । केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि प्रहरीले थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो ।

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिएको अनुसन्धानका क्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पक्राउ परेका छन् ।

‘विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ पि ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्याचिस नम्बर र इञ्जिन नम्बर मिलेन,’ उनले भने, ‘त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो ।’

उनीबाट अन्य मोटरसाइकल बारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पालाई थप अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु