कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई सहयोग

जगत ठाडा मगर
२०७८ साउन २१ | बिहान १०:०४ बजे

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
बैकले एक औपचारिक कार्यक्रमका बिच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको छ ।
बिगत ३ बर्षदेखि सेवा संचालन गर्दै आएको कुमारी बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई पनि आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।






















