ओखर खाँदा सुध्रिन्छ पुरुषको स्पर्म काउन्ट ?


काठमाडौँ । पुरुषमा स्पर्म काउन्ट कम हुनु हिजोआज सामान्य समस्या बनेको छ । तनाव, खराब खानपान, निद्रामा कमी, मदिरा, चुरोट अनि मोबाइल फोन र ल्यापटपबाट निस्कने विकिरणले पुरुषको प्रजनन क्षमतामा असर पारिरहेको छ ।
यस्तोमा धेरैलाई औषधिको सेवनबिना स्पर्मको संख्या र गुणस्तर बढाउने कुनै प्राकृतिक तरिका छ कि भन्ने चासो छ । स्पर्म काउन्ट सुधार्न विश्वभर ओखरबारे छलफल भइरहेको छ । दैनिक रुपमा ओखर खाँदा स्पर्मको संख्यामा उल्लेखनीय सुधार आउन सक्छ भनेर अनुसन्धानले दाबी गरेको । यो कुरा क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस (यूसीएलए)को एउटा अध्ययनबाट थाहा भएको हो ।
यस अध्ययनअनुसार पुरुषहरूले १२ हप्ता (लगभग तीन महिनासम्म) दैनिक दुई मुठ्ठी ओखर खाँदा उनीहरूले आफ्नो शुक्राणुको संख्या, शुक्राणुको आकार र शुक्राणुको गतिशीलतामा उल्लेखनीय सुधार देखियो । ओखर साँच्चै त्यस्तो प्रभावकारी छ ? ओखर कसरी खानुपर्छ ? आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौं ।
ओखरले कसरी बढाउन सक्छ स्पर्म क्वालिटी ?
ओखरलाई मस्तिष्कको खाना (ब्रेन फूड) भनेर चिनिन्छ । तर यो पुरुषका लागि प्रजनन क्षमता बढाउने पनि वस्तु पनि हो ।
ओमेगा–३ फ्याटी एसिडः
ओखरमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ, जुन स्पर्मको स्वास्थ्यको लागि आवश्यक हुन्छ । ओमेगा–३ ले स्पर्मलाई बलियो र सक्रिय बनाउँछ ।
एन्टिअक्सिडेन्ट्सको खजानाः
ओखरमा रहेको भिटामिन ई, मेलाटोनिन र फोलिक एसिडले शरीरमा रहेका फ्री रेडिकलहरूसँग लड्छ । फ्री रेडिकलहरूले स्पर्मलाई क्षति पुर्याउँछन् । तर भिटामिन ई, मेलाटोनिन र फोलिक एसिडले । फ्री रेडिकलविरुद्ध सुरक्षात्मक ढालको रूपमा काम गर्छन् ।
हार्मोन सन्तुलनमा राख्न मद्दत गर्छ
ओखरले टेस्टोस्टेरोनको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ, स्पर्म काउन्ट र गुणस्तर दुवै सुधार्छ । ओखरले हार्मोनल सन्तुलन पनि कायम राख्छ ।
रक्तसञ्चार सुधार गर्छः
ओखरमा स्वस्थकर तेल पाइन्छ । यसले शरीरमा रक्त प्रवाह बढाउँछ, जसले गर्दा प्रजनन अंगहरूमा रक्त प्रवाह राम्रो हुन्छ ।
के पाइएको थियो यूसीएलएको अनुसन्धानमा ?
अध्ययनका क्रममा १८–३५ वर्ष उमेरका पुरुषहरूलाई १२ हप्तासम्म दैनिक ७५ ग्राम (लगभग २ मुठ्ठी) ओखर दिइयो । उनीहरूको सामान्य आहारमा कुनै परिवर्तन गरिएन । खराब जीवनशैली बानी भएका पुरुषहरूलाई ओखर खाँदा अझ बढी फाइदा भएको अध्ययनमा पाइयो ।
एक दिनमा कति खाने ओखर ?
दैनिक दुई मुठ्ठी (७०–७५ ग्राम) ओखर पर्याप्त छ । ओखरमा क्यालोरी र चिल्लो बढी हुने भएकोले यसलाई धेरै खानु हुन्न ।
के हो ओखर खाने सही तरिका ?
- ओखरलाई रातभर भिजाएर खानुस् ।
- भिजाएको ओखर खाँदा पचाउन सजिलो हुन्छ ।
- पोषक तत्वहरू शरीरले राम्रोसँग अवशोषित गर्न सक्छन् ।
- यसले पेटमा गर्मी पनि उत्पन्न गर्दैन ।
- बिहान, खाली पेटमा वा ब्रेकफास्टमा खानुस् ।
- ओखरलाई स्मूदी वा दहीमा हालेर पनि खान सकिन्छ ।
- तपाईंलाई यसलाई सिधै ओखर खान मन पर्दैन यसलाई दही, स्मूदी, ओट्स, वा दूधसँग मिसाएर खान पनि सक्नु हुन्छ ।
कसले अपनाउनुपर्छ सावधानी ?
तौल चाँडै बढ्ने व्यक्ति, बदाम/ओखरको एलर्जी भएका व्यक्ति र डाक्टरले कम फ्याट भएको आहार खान भनेका व्यक्तिहरूले सीमित मात्रामा ओखरको सेवन गर्नुपर्छ ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतबाट तयार पारिएको हो ।)























