श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव मुख्यमन्त्री शाहद्वारा उद्घाटन हुने


बाजुरा, मंसिर ५ । बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर ६ गतेदेखि श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना हुने भएको छ । महायज्ञको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ।
मंसिर ६ गतेबाट सुरु हुन लागेको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म ताेलि देवल माविकाे खेल मैदानमा सञ्चालन हुने भएकोछ । महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजको मुख्य कथा बाचन, शिशिर साधकको भजनमण्डली सहित सञ्चालन हुने भएको छ । अनाथ टुहुरा बालबालिकाहरुका लागि आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासको उद्देश्यलाई केन्द्रिकृत गरेर आयोजना गर्न लागिएको हो ।
उद्घाटन समारोह तथा महायज्ञका विभिन्न धार्मिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरूमा सहभागी हुन् सवै भक्तजन, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई आयाेजकले अनुरोध गरेको छ । महायज्ञमार्फत धार्मिक आस्था, स्थानीय संस्कृति, शिक्षा तथा समुदाय विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको आयोजक मूल समारोह समितिले जनाएकाे छ ।


















