घटना

‎बुढीनन्दामा एक घर आगलागी हुँदा लाखौं धनमाल जलेर नष्ट ‎

उमेश रोकाया
२०८२ मंसिर ४ | मध्यान्ह ०८:०८ बजे

‎बाजुरा, मंसिर ४ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका -४ कुरुमा एक घर आगलागी भएको छ । सोही वडा स्थित कुरुका वीरबहादुर रोकायाको घरमा बिहीबार बिहान ७ः३० बजे आगलागी भएको हो ।

घरमा स-साना छोरा छोरी मात्र भएको बेला आगलागी भएको पीडित रोकायाले बताएका छन् । ‎ ‎उनका अनुसार आफूहरु काम गर्न बाहिर गएका थियौं, घरमा आगो कसरी लाग्यो थाहा भएको छैन् । आगलागीबाट मानवीय क्षति भने नभएको रोकायाले बताउनुभयो । ‎ ‎

आगलागी हुँदा लत्ताकपडा, भाडाकुडा, अन्नबाली सहित घरमा भएका सबै सामाग्री जलेर नष्ट भएको छ । अगलागीबाट लाखौंको क्षति भएको छ । आगलागिकोे अनुसन्धान र क्षतिको एकीन विवरण तयार पार्न प्रहरीको टोली घटनास्थल तर्फ गईरहेको वडा अध्यक्ष जुल्फे रोकायाले बताउनुभयो ।

कमेन्टहरु