दानसाँघु खोलामा बेलिबृज पुलको उप प्रमुख बोहरा द्वारा शिलान्यास


बाजुरा, मंसिर ३ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -२ काल्टी गाउँ नजिकै रहेको दानसाँघु खोलामा बेलिबृज पुल बुढिनन्दा नगरपालिका उप प्रमुख रामबहादुर बोहरा द्वारा शिलान्यास गरिएको छ । यो पुलले बाजुरा जिल्लाका चारवटा पालिका सहित हुम्ला र मुगुका जनता सहज हुनेभएको छ । बर्खा समयमा कोल्टी मार्तडी जिप आवतजावत गर्ने जुन समस्या थियोे त्यो पुल निर्माण भैसकेपछी हट्ने भएको उप प्रमुख रामबहादुर बोहराले बताउनुभयो ।
सडक डिबिजन कार्यलयको करिब दुई करोड बढीको लागतमा जडङ्गामा रहेको बेलिबृज दानसाघु खोलामा स्थानान्तर गर्न लागिएको हो । यो पुल सार्न पहल कदमि गर्ने सम्पुण महानुभाहरुलाई हार्दिक धन्यवाद दिएका छन । दानसाँघु खोलामा बेलिबृज ४ महिना भित्र तयार पार्ने निर्माण गर्न लगिएको बोहराले बताएका छ्न । विगत लामो समय देखि कुन्ना क्षेत्रका चारपालिका हिमाली गाउँपालिका , स्वामिकार्तिक खापर गाउँपालिका जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका सहित कर्णाली करिडरका जनताले धेरै सास्ती भाेग्न परेको थियोे ।
गाउँका सर्वसाधारणहरुले पैसा तिरेर पनि गाँडी चड्न नपाउनुको मुख्य कारण बाटाे र दानसाँघुमा पुल नबनेका कारण यहाँका जनताले कष्ट ब्यहाेर्नु परेको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो । आज दानसाँघुमा बेलिवृज निर्माणकाे शिलान्यास भएकाे छ ।
दुई तीन महिनामै अब जंडाङ्गामा २/३ बर्ष देखि प्रयाेग विहीन बेलिबृज दानसाँघुमा स्थानान्तरण भएर बन्ने छ । यसका लागि निरन्तरकाे संघर्षमा साथ दिने सहयोग गर्ने सबै प्रति हृदयदेखि आभार तथा धन्यवाद ज्ञापन समेत दिइएका छन । यस संग संगै रजाताेली र दानसाँघुमै पक्की पुलकाे ठेक्का समेत भैसकेको छ । पक्की पुल नबनुन्जेल सम्म बेलिबृजले कुण्डा क्षेत्रका जनतालाई ठुलाे राहत हुने भएको बोहराले बताउनुभयो ।























